एसिया कप क्रिकेट स्थगित, अब २०२३ मा हुने



१० जेठ, काठमाडौं । आगामी जुनमा श्रीलंकामा हुने तय भएको एसिया कप क्रिकेट स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार विज्ञप्ती जारी गर्दै २०२१ को संस्करण स्थगित गरेको जानकारी दिएको छ ।

यसअघि नै आयोजक देश श्रीलंकाले एसिया कप यस वर्ष हुन सक्ने सम्भावना नरहेको जनाएको थियो । त्यसको केही दिनपछि नै एसीसीले स्थगितको निर्णय गरेको हो । यसअघि २०२० मै हुनुपर्ने एसिया कप कोभिड१९ का कारण एक वर्ष पछि सरेको थियो । तर कोभिडकै कारण यस पटक पनि नहुने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर व्यस्त रहेकोले २०२१ को संस्करण २०२३ मा मात्र गर्न सकिने एसीसीले जनाएको छ । २०२२ मा एसिया कप हुने निर्णय भइसकेकोले २०२३ को लागि सारिएको हो । एसिया कपको मिति भने पछि तय गरिने एसीसीले जनाएको छ ।
यो पनि पढौं :
वुद्धिचाल अर्थात् चेस खेलका नियम
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
अर्जेन्टिनी मेस्सीले गोल्डेन बल पाउँदा फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट पाए
पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता
क्रोएसियाले ऐतिहासिक टिम मोरक्कोलाई २-१ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल
इन्डोनेसिया: फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तीमा १७४ को मृत्यु
डेढ महिनादेखी बन्द रहेका चिनतर्फका तातोपानी र रसुवागढी नाका खुल्यो
२ पटक नेपाल भ्रमण गरेका महारानी एलिजावेथ द्वितीयको निधनमा सरकारले ३ दिन शोक मनाउने
राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी
भारतको नोइडा क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका दुई गगनचुम्बी भवन ९ सेकेन्डमै भत्काईए
पाकिस्तानमा बाढीबाट ९ सयको मृत्यु, ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित
रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पुगेकै दिन हिजो आक्रमण गर्दा २२ जनाको मृत्यु
अमेरिकी सभामुख ताइवान भ्रमणबाट फर्किएलगत्तै ताइवान आसपास चिनद्वारा सैन्य अभ्यास शुरु