ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिदा तीनजना घाइते भएका छन् । आज बिहान करिब ९ बजेतिर बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिदा तीनजना घाइते भएका हुन् । 

घाइतेको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा ट्याक्सी चालक हेटौंडाका २७ वर्षीय सन्जोग घिसिङ, मोटरसाइकल चालक भक्तपुर घरका ३८ वर्षीय आशिष श्रेष्ठ र महाहालक्ष्मी नगरपालिका–५ बस्ने ५० वर्षीय माइकल भन्ने नकलबहादुर महर्जन रहेका छन् ।  

घाइतेमध्ये दुई जना डिस्चार्ज भइसकेका छन् । बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो । बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको प्रहरीले जनाएको छ । 

बस अनियन्त्रित भएर ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डिआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ ।     

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु