माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित भदौ ३ गते १४औँ वार्षिक साधारण सभा गर्ने भएको छ । 

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता विस्तार गर्न र अल्पकालीन ऋणको भार कम गर्नेगरी कम्पनीले १ः१ हकप्रद सेयर जारी गर्ने योजना बनाएका कम्पनीका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपियाँ छ । शतप्रतिशत हकप्रद सेयर दिँदा यो २१ अर्ब १८ करोड रुपियाँ हुनेछ । “थपिने रकमले हामीले रोल्वालिङ खोला थप गर्ने र कम्पनीको अल्पकालीन ऋणभार घटाउने योजना छ,” श्रेष्ठले भन्नुभयो । 

रोल्वालिङ खोलाको पानी यो आयोजनामा जलाशयमा ल्याउने र सुक्खायाममा थप दुई सय गिगावाट आवर विद्युत् थप गर्ने योजना छ । त्यस्तै खोला फर्काएर ल्याउँदै गर्दा २०.६६ मेगावाटको छुट्टै रोल्वालिङ खोला जलविद्युत् आयोजना बनाउने तयारी रहेको कम्पनी सचिव सुरेश खकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि आठ अर्ब रुपियाँ खर्च लाग्नेछ । 

कम्पनीको वित्तीय अवस्था लगानीकर्तालाई लाभ दिइहाल्ने अवस्था भने अझै कम्तीमा दुई वर्ष नहुने देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानी एक अर्ब ६५ करोड रुपियाँ छ । चालू आर्थिक वर्ष नोक्सानी घटेर ९० करोड रुपियाँ पुग्ने अवस्था छ । कम्पनीले अल्पकालीन ऋणकै लागि करिब ५० करोड रुपियाँ ब्याज भुक्तानी गर्छ । दीर्घकालीन ऋण मात्रै कम्पनीको करिब ४१ अर्ब रुपियाँ छ ।  श्रोत: गोरखापत्र अनलाइन  

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह