प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा मन्त्री र सचिबहरुलाई २७ बुँदे निर्देशन



प्रधानमन्त्री शेरबहादुर देउवाले आज संयुक्त रुपमा मन्त्री, राज्यमन्त्री र सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर २७ बुँदे निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनमा बजेट कार्यान्वयन कार्ययोजनाको प्रभावकारी कार्य सम्पादन, चुनावी तयारीलगायत अर्थतन्त्रको पुनरुत्थान विषयमा केन्द्रित छ । उहाँले पाँच दलीय सरकार गठन भएको एक वर्षमा सरकारले राजनीतिक स्थायित्व प्रदान गर्दै स्थानीय तहमा नयाँ नेतृत्व स्थापित गराएको उल्लेख गर्नुभएको छ। स्थानीय तह निर्वाचनपछि आएको नेतृत्वले विकास र सेवा प्रवाहमा उत्साह देखाएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केही महिनामै हुने जानकारी गराउनु हुँदै त्यसको तयारीलाई उच्च प्राथमिकता दिन निर्देशनसमेत दिनुभएको छ।
त्यस्तै बिकासलाई वाधा पुर्याउने तत्त्वहरु समयमै पहिचान गरी नितिगत र संस्थागत सुधारका कार्यहरु अगाढी बढाउन पनि निर्देशन दिनुका साथै अहिले व्यापार घाटाको प्रमुख भुमिका खेलिरहेको पेट्रोलियम पदार्थको आयातलाई कम गर्न विद्युत खपत बढाउन जोड दिनुभएको छ ।
