अमेरिकी सभामुख ताइवान भ्रमणबाट फर्किएलगत्तै ताइवान आसपास चिनद्वारा सैन्य अभ्यास शुरु



अमेरिकी सांसदकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीन ताइवानसँग अझै बढी रिसाएको छ। बुधबार चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले ताइवान असपासका ६ क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो सैन्य अभ्यास ताइवान सीमाबाट १६ किलोमिटर मात्रै टाढा भइरहेको छ ।
यसमा वास्तविक हतियार र गोलाबारुद प्रयोग भइरहेका छन्। यो अभ्यास अगस्ट ७ सम्म चल्नेछ। यसअघि चीनले ताइवानबाट करिब १०० किलोमिटर टाढा यस्तो अभ्यास गर्दथ्यो । न्यान्सीको भ्रमणपछि सो अभ्यास सीमाको निकै नजिक भइरहेको छ ।
पीएलए इस्टर्न थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ कर्नेल शि यीले सैन्य अभ्यासको क्रममा लामो दूरीको लाइभ फायर सुटिङ गरिने बताए। यसका साथसाथै मिसाइलको परीक्षण पनि गरिने उनले जानकारी दिए।

ताइपेईले आफूहरुले चीनको हरेक कार्यमा नजर राखिरहेको बताइन्। युद्ध गर्नुपरे पनि तयार रहेको उनको भनाइ छ। ताइवानको रक्षा मन्त्रालयले भने आफूहरु कुनै प्रकारको तनाव नचाहने बताएको छ। ताइवान विवाद ल्याउने अवस्थाको विरुद्धमा रहेको र आफूहरु युद्ध नचाहने तर युद्धको लागि तयार भने रहेको मन्त्रालयले जनाएको छ।

चीनले ताइवानको फुजियान प्रान्तको पिङटन टापु नजिक सैन्य अभ्यास सुरु गरेको हो । आकाशमा चिनियाँ सेनाका हेलिकप्टर देखिएका छन् । चीनको पिङटन टापु ताइवानको धेरै नजिक छ। त्यहाँ चीनको पिपुल्स लिबरेशन आर्मीले सैन्य अभ्यास गरेर आफ्नो शक्ति देखाएको छ । चिनियाँ लडाकु विमानहरू ताइवानको रक्षा क्षेत्रमा प्रवेश गरेका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार अगस्ट ३ मा न्यान्सी पेलोसी ताइवानबाट फर्किने बित्तिकै २७ चिनियाँ लडाकु विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका थिए।
पेलोसीलाई २४ अमेरिकी लडाकु विमानले सुरक्षा कभर प्रदान गरेको थियो। न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ । चीन न्यान्सीको ताइवान भ्रमण नहोस् भन्ने चाहन्थ्यो। चीनले अमेरिकालाई सो भ्रमण रोक्न धम्की पनि दिएको थियो । तर अगस्ट २ मा न्यान्सी ताइवान पुगिन्।
चीनले पेलोसीको विमान ताइवानतर्फ गयो भने आक्रमण गर्ने बताएको थियो । सो धम्कीपछि अमेरिकी नौसेना र वायुसेनाका २४ वटा एड्भान्स लडाकु विमानहरूले न्यान्सीको विमानलाई सुरक्षा दिएका थिए। एजेन्सी