चौतारा साँगाचोकगढीको जंगलछापमा पहिरो जाँदा २ घर पुरियो थप १२ घर जोखिममा



लगातार बर्षाका कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१३ को जंगलछापमा गएराती अन्दाजी २ बजेको समयमा पहिरो जाँदा दुई घर पुरिनुका साथै एउटा सवारी साधनमा क्षति पुगेको छ ।


उक्त पहिरोका कारण स्थानीय रोशन श्रेष्ठको घर र अर्का एक घरमा पुर्ण क्षती भएको छ । त्यसैगरी स्थानीयले पिउने पानीको रुपमा प्रयोग गरिरहेका ढुङ्गे धारालाई समेत पुर्ण क्षति गराएको छ भने त्यहाँ रहेका मन्दिरमा समेत क्षती पुर्याएका छन् । उक्त पुरिएका दुई घरका मानिस काठमाडौ मा रहेका कारण मानवीय क्षति भने नभएको स्थानिय हरि श्रेष्ठले बताउनु भयो ।

पहिरोका कारण स्थानीय पदम बहादुर श्रेष्ठ र देवराज श्रेष्ठको घर अति जोखिममा परेका छन् भने अरु थप १० घर समेत जोखिममा रहेका छन् । रिपोर्टिङ : नारायण बहादुर श्रेष्ठ, मुडे सिन्धुपाल्चोक

यो पनि पढौं :
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह