लिसंखुपाखर ५ शिल्ढुङ्गाका एकजना मानिस केहिदिन अघिदेखि बेपत्ता, खोजी गरिदिन सबैमा आग्रह



सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालीका – ५ सिलढुङ्गा २० किलो बस्ने पञ्च बहादुर तामाङ को छोरा देव दोर्जे तमाङ नाम गरेका व्यक्ति गत साउन २० गतेदेखी सम्पर्कमा नआएको पारिवारिक श्रोत ले जनाएको छ ।

गत साउन २० गते दोलखाको बोचबाट घर जान भनी हिडेको व्यक्ति हालसम्म पनि सम्पर्कमा नआउँदा निजका परिवार, छिमेकी र गाउँले हरु समेत आँत्तिन थालेका छन् । कसै कसैले निज तमाङ लाई दोलखा सिंगटी तिर देखेको भनिएतापनी हालसम्म भेटिएकै है भन्ने तथ्य नभएको स्थानीय फुर्साङ तमाङ बताउनुहुन्छ ।
गहुँगोरो बर्णको, बोल्न, हिड्न सक्ने बर्ष ४५ को तमाङ कहिँकतै देखिएमा वा भेटिएमा नजिकको प्रहरी चौकी वा मोबाइल नं.९८४९६९४६३८ , ९८४५३०५९१० मा अथवा ९८५१-००-२३-१७ र ९८१३-११-६६-५५ नम्बर रहेको सिन्धु न्युज अनलाइनमा सम्पर्क गरेर खबर गरिदिनका लागि पनि सबैमा अनुरोध गरिएको छ ।