तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएको छ । नाका बन्द भएसँगै तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन पाएको छैन ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिनुभयो । तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उहाँले बताउनुभयो ।

तिब्बतमा कोभिड संक्रमण बढेर आयात रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी बेदनिधि तिवारीले बताउनुभयो । ‘खासा क्षेत्रमा ५८ जना कोभिड संक्रमित भेटिएको खबर आएको छ’ प्रजिअ तिवारीले भन्नुभयो । कहिले नाका सूचारु हुन्छ भन्ने जानकारी नआएको उहाँको भनाइ छ ।  

सो नाकाबाट दैनिक २ देखि ८ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुदैं आएको थियो । स्याउ, मेशिनरी उपकरण, रोल कपडा आयात भइरहेका थिए । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, कोरोना महामारी लगायतका बिपदका कारण सो नाका बन्द हुने र खुल्ने हुँदैं आएको छ । 

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु