गठबन्धन भएपनी नेपाली कांग्रेस र माओवादी केन्द्रका दुई उम्मेदवारमा एकले अर्कालाई सहमतिमा छोड्नै नसकिने क्षेत्र हो सिन्धुपाल्चोक क्षेत्र नम्बर एक ।

गत २०७४ को निर्वाचनमा कांग्रेसका नेता मोहन बहादुर बस्नेतलाई सभामुख अग्नी सापकोटाले १० हजार मतान्तरले हराएका थिए । आफुले जितेका क्षेत्र भएका कारण सभामुख सापकोटाले गठबन्धनको तर्फबाट आफैं उठ्न चाहेका छन् भने विभिन्न आधार देखाएर बस्नेतले पूर्व विजयी सापकोटालाई पनि छोड्ने पक्षमा देखिएका छैनन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि नेता बस्नेतले आफुले कुनैपनी हालतमा टिकट पाउनै पर्ने बताईसकेका छन् । अघिल्लो निर्वाचनमा एमाले माओवादी वाम गठबन्धन भएपछि सापकोटाले ४० हजार ५ सय ४ मत प्राप्त गरि विजयी प्राप्त गरेका थिए भने पराजित भएका बस्नेतको पक्षमा पनि ठुला दलसँगको गठबन्धन बिना नै २९ हजार ७ सय ९८ मत प्राप्त भएको थियो ।

क्षेत्र नम्बर १ को ५३ वडामध्ये काग्रेस ३२, एमाले १६ र माओवादी केन्द्रले ५ वटा वडा जितेका छन् । वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ ।

यी नै विविध कारणहरुले गर्दा गठबन्धन नगरेर एक्लाएक्लै चुनाब लड्ने हो भने चुनाब जित्नका लागि मोहन बहादुर बस्नेत लाई भन्दा अग्नि सापकोटालाई चुनाब जित्न गाह्रो पर्ने देखिन्छ । त्यसैले सिन्धुपाल्चोक क्षेत्र नं १ मा सहमतिमा एकले अर्कोलाई छोड्न नसकिने स्थिति देखिएको छ ।

इराज लामा (आईराज)

प्रवन्ध निर्देशक सिन्धु न्युज अनलाइन, रेडियो जुगल सम्वाददाता

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह