सत्तारुढ दल नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म आगामी निर्वाचन लक्षित कार्यक्रम राष्ट्रव्यापी रुपमा गर्ने भएको छ। ७७ वटै जिल्लामा ७७ जना केन्द्रीय नेताको नेतृत्वमा सो कार्यक्रम गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

 उहाँले मूलतः मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीका लागि कांग्रेसका केन्द्रीय सदस्य एवम् नेताले जिल्लाको सम्पूर्ण साङ्गठनिक संरचनालाई नेतृत्व गर्ने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “मूलतः निर्वाचन केन्द्रित कार्यक्रम हो। केन्द्रीय सदस्य, नेताले जिल्लाको सम्पूर्ण साङ्गठानिक संरचनालाई गतिशील, जीवन्त र चुस्तदुरुस्त राख्नको लागि संवाद एवम् निर्देशन दिनुहुन्छ।” निर्वाचन लक्षित कार्यक्रम बुँदागत रुपमा गर्ने विषयमा आवश्यक बैठक बस्ने कार्य पनि नेताहरुले गर्नुहुने उहाँको भनाइ छ। 

उहाँले कांग्रेसले उचित समयमा निर्वाचन आयोगमा चुनावका लागि दल दर्ता गर्ने बताउनु हुँदै गठबन्धनका अन्य दलसँग पनि समन्वय गरेर अघि बढ्ने बताउनुभयो। “सरकारमा रहेका सबै दलसँग मिलेर, समन्वय गरेर राजनीतिक स्थायित्व, विकास, शान्ति र सुव्यवस्था कायम गर्ने गरी कांग्रेस अगाडि बढ्छ”, पौडेलले भन्नुभयो। कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो। श्रोत : गोरखापत्र अनलाइन

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह