भारतीय र चिनियाँ सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको नेपाली सेनाले अमेरिकी सेनासँग एकमहिने संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यही साउन ३१ देखि भदौ ३१सम्म दुई देशका सेनाको संयुक्त अभ्यास हुने भएको हो ।

नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास हुने सेनाले जनाएको छ ।

छाउनी र नगरकोट इलाकामा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम/अभ्यास हुनेछ ।

सशस्त्र द्वन्द्वसम्बन्धी कानुन र सैन्य निर्णय प्रक्रिया(एमडीएमपी) लगायतका विषयमा सैन्य अभ्यास हुने सेनाले विज्ञप्तिमार्फत जनाएको छ । सैन्य अभ्यासका लागि क्याप्टेन ब्लेक डकाटेलको नेतृत्वमा अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइसकेको छ ।

अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रुपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ लाई अघि बढाएको हो ।

नेपाली सेनाले भारतीय र चिनियाँ सेनासँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास सुरुवात गरेको थियो । जुन एक वर्षमा एक पटक नेपाल र अर्को पटक भारतमा गरि दुई पटक हुँदै आइरहेको थियो । तर कोभिड–१९ को संक्रमणको कारण संयुक्त तालिम नियमित रूपमा भने हुन सकेको छैन । त्यस्तै नेपालले चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास सुरु गरेको थियो । श्रोत : ई- कान्तिपुर डट कम

यो पनि पढौं :

आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल 'प्रचण्ड' नियुक्त
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जाँदै सात दल
प्रतिनिधिसभा चुनाबका नव निर्वाचित सांसदहरु आज पशुपति समशेर राणाद्वारा सपथ लिईंदै
'बिकिनी किलर' र 'सिरियल किलर' भनेर चिनिने चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश