८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने विश्वकै एकमात्र आरोहीको रेकर्ड बनाएका नेपाली आरोही सानु शेर्पालाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

शेर्पा नेपालका ८, पाकिस्तानका ५ र चीनको एउटा गरी १४ वटा हिमाल दोस्रोपटक आरोहण गर्न सफल विश्वकै एक मात्र आरोही हुन् । १८ वर्षदेखि हिमाल आरोहणमा आबद्ध शेर्पाले ८ हजारभन्दा अग्ला यी सबै हिमाल ३२ पटक आरोहण गरिसकेका छन् । जसमा सगरमाथामात्रै ६ पटक आरोहण गरेका छन् ।

काठमाडौंमा रहेको पायोनियर एडभेन्चर्स प्रालिमा आरोहण दलको नेताका रुपमा कार्यरत संखुवासभाको मकालुका ४७ वर्षीय शेर्पा दुई महिनाअघि एक जापानी आरोहीलाई गाशरब्रुम-दुई हिमाल आरोहण गराउन काठमाडौंबाट पाकिस्तान गएका थिए । पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा पर्ने ८ हजार ३५ मिटर उचाइको गाशरब्रुम–दुई (जी-टू) हिमाल साउन ५ गते आरोहण गरेसँगै उनी विश्वका १४ वटा ८ हजार मिटर अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने एकमात्र आरोही बनेका हुन् ।

यो पनि पढौं :

आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल 'प्रचण्ड' नियुक्त
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जाँदै सात दल
प्रतिनिधिसभा चुनाबका नव निर्वाचित सांसदहरु आज पशुपति समशेर राणाद्वारा सपथ लिईंदै
'बिकिनी किलर' र 'सिरियल किलर' भनेर चिनिने चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश