नेपाली कांग्रेसका सांसद एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक प्रदिप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको शनिबार राति ९ः३० बजे निधन भएको नेपाली कांग्रेसले जनाएकाे छ । 

केही हप्तापहिले मात्र उनी भारतमा घाँटीको क्यान्सरको उपचार गरेर साउन दोस्रो साता नेपाल फिर्ता भएका थिए । त्यसपछि पनि स्वास्थ्यमा समस्या आएपछि  साउन ९ गते उनी मेडिसिटी हस्पिटलमा भर्ना भएका थिए । 

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आईसीयुबाट दुई दिनपहिले भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। तर स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा गिरिलाई शुक्रबार भेन्टिलेटरमा आईसीयूमा सारिएको थियाे। सोही अवस्थामा उनको शनिबार राती निधन भएको हो । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनको खबरले आफू निकै स्तब्ध भएको बताएका छन् । नेपालले एक सच्चा र असल नेता गुमाएको उनले उल्लेख गरेका छन् ।शनिबार राति ट्विटमार्फत उनले गिरिको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै, परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेको गिरिको निधन भएको नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले शनिबार राती नै एक शोक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । गिरिको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । शोक सन्तप्त परिवारजनप्रति संवेदना प्रकट गरेको छ।

गिरिकाे अन्तिम श्रद्धाञ्जलीको समय र स्थान पनि पार्टीले ताेकेकाे छ। 

ताेकिए अनुसार २०७९ साल भाद्र ५ गते, आइतबार  विहान ९:०० बजे देखि ११:०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिनेछ। 

त्यस्तै  विहान ११:३० बजे देखि २:०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, सानेपा, ललितपुरमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिनेछ। तत्पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने विज्ञप्तिमा उल्लेख छ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह