नेपाली कांग्रेसले सिन्धुपाल्चोक प्रतिनिधिमा नुवाकोटका चर्चित नेता बहादुर सिं लामालाई खटाए



नेपाली कांग्रेसले ७७ वटै चुनावी जिल्लामा केन्द्रीय प्रतिनिधि खटाए अनुसार सिन्धुपाल्चोकमा नुवाकोटका क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय नेता बहादुर सिंह लामालाई खटाएको छ । जनताको साथमा कांग्रेस अभियानका लागि कांग्रेसले सिन्धुपाल्चोकमा लामालाई खटाईएको हो । सो अभियान भदौ १० देखि सुरु हुँदैछ ।

कांग्रेसले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि चुनावी अभियान सुरु गरेको हो । अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणको अभियान भदौ १० देखि विपी जन्मजयन्तीसम्म, दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरणको अभियान प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि हुनेछ ।
एमाओवादीका चर्चित नेता स्व. पोष्टबहादुर बोगटी लाई दोस्रो संविधानसभा निर्वाचनमा भारी मतले हराएर सभासद चुनिएसँगै लामाले जिल्लाको लागि उल्लेखनीय काम गर्नुभएको छ । नेपाली कांग्रेसभित्र इमान्दार र विकासप्रेमी नेताको रुपमा चिनिनु भएका लामा निर्माण ब्यवसाय लगायत बिभिन्न संघ संस्थामा आवद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय हुनुहुन्छ।
कांग्रेसले अभियान सञ्चालन हुन दुई दिन अघि सम्बन्धित जिल्लामा पुग्न केन्द्रीय प्रतिनिधिहरूलाई निर्देशन दिइसकेको छ । एक जिल्लामा पाँच वटा कार्यक्रममा सहभागी हुनै पर्ने छ ।
