नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई निर्देशन गरेको छ । महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम एक साताभित्र उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । 

महामन्त्री थापाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमितिले सो क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठक राखेर उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।

कांग्रेसको विधानबमोजिम प्रत्यक्षतर्फ सहमति नभए बहुमतको प्रक्रियाबाट बढीमा तीन जना र समानुपातिकतर्फ बढीमा दुई जनाको नाममा निर्णय गरी सिफारिस गर्न निर्देशन गरेको छ । त्यस्तो निर्णय क्षेत्रीय समितिहरूले भदौ १६ गतेसम्म गरिसक्न र २० गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन गरेको छ ।

क्षेत्रले गरेका सो निर्णयमा त्योभन्दा माथिका कार्यसमितिहरूले क्रमशः राय राख्ने र सिफारिस गर्नेछन् । विधानबमोजिम कांग्रेसको केन्द्रीय संसदीय समितिले उम्मेदवारको चयन गरी मनोनयन दर्ता गराउने व्यवस्था छ । श्रोत : इकान्तिपुर डट कम

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह