जनताको गुनासो सुन्न ७७ वटै जिल्लामा खटिए कांग्रेस नेताहरु



सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यको नेतृत्वमा ७७ वटै जिल्लामा जनताको साथमा कांग्रेस अभियान सुरु भएको छ। पहिलो चरणको यो अभियान भदौ १० गतेदेखि भदौ २४ गते बीपी जयन्तीसम्म चल्ने छ। कांग्रेसका नेताका अनुसार यस अभियानमा कांग्रेसले जनताको कुरा सुन्ने मुख्य काम हुनेछ।

अभियानअन्तर्गत मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जित सुनिश्चित गर्न सबै निर्वाचन क्षेत्र, स्थानीय निकाय, वडा र टोलसम्म यस कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइएको जानकारी कांग्रेसले दिएको छ।
सांसद एवम् कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला जनताको साथमा कांग्रेस अभियानकै क्रममा झापा जिल्लामा हुनुहुन्छ। देशका सबै जिल्लामा अभियान जारी रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, “म पनि झापा जिल्लामा छु। अभियानमा प्रमुख रुपमा जनतासँग अन्तरसंवाद, मतदातालाई निर्वाचनमा भाग लिन अपिल गर्ने कार्य भइरहेको छ।”
उहाँले यस क्रममा जनताको गुनासो सुन्ने र कांग्रेसले अहिलेसम्म गरेका उपलब्धि सुनाउने काम भइरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कांग्रेसले अहिलेसम्म गरेका उपलब्धि सुनाउने, तालमेल र गठबन्धन किन ग¥यौं, कांग्रेसको जित सुनिश्चितता गर्ने हो।”

कांग्रेसले अरु शक्तिसँग पनि सहकार्य गरेर जानुपरेको अवस्था र स्थितिबारे मतदातालाई बुझाउने र प्रतिक्रिया लिने मुख्य काम अभियान भइरहेको उहाँको भनाइ छ। श्रोत : गोरखापत्र अनलाइन
