पुर्व अरनिको यातायातको अध्यक्ष पदका लागि पुर्व अध्यक्ष केदार क्षेत्रीको उम्मेदवारी



राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको अरनिको यातयात सेवा समितिको रुपान्तरीत पूर्व अरनिको यातयात कम्पनी प्रालिको नयाँ नेतृत्व छनोटको लागि भदौ १५ गते हुने निर्वाचनमा अध्यक्ष पदमा तिन जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा अध्यक्षका लागि अरनिको यातायातका पूर्वअध्यक्ष एवम् बलेफी गाउँपालिकाका पूर्वअध्यक्ष समेत भएका केदार क्षत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै समितिका वरिष्ठ उपाध्यक्ष निर्पध्वज महत र व्यवसायी उद्धव गौतमले अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । २०२९ सालमा स्थापना भएको अरनिको यातायात सेवा समिति अन्तर्गत अहिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली लगायतका जिल्लामा यातयात सञ्चालन गरिरहेको छ ।
चार कार्यकाल सचिव र तीन पटक अध्यक्ष भइसकेका अध्यक्षका प्रत्यासी केदार क्षत्री अरनिको समितिमा १० वर्ष पछि पुन ‘कम ब्याक“ हुने भन्दै अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । पुर्व अरनिको यातायात प्रा.लि. मा ५ सय ८३ व्यावसायीहरु सदस्य रहेका छन् ।