श्रृजनशील लघुवित्तले आज भदौ १५ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कराचारीहरुको लागि छुट्याईएको छ भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

 नेपाल धितोपत्र बोर्डले साउन १८ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरेको यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ । 

यो पनि पढौं :

चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
चालू आर्थिक बर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने
खुद्रा आलुको भाउ मुडेमा नै पुग्यो प्रतिकिलो ६० रुपैयाँ, अझै बढ्न सक्ने आँकलन
बिहिवार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि
रामेछापको खाँडादेवी र काभ्रेको तिमालमा पर्ने सुनकोसी तेस्रोमा लगानी गर्न बंगलादेश तयार
गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणद्वारा झण्डै २ अर्बको विद्युत् निर्यात
माथिल्लो तामाकोसीले हकप्रद शेयर जारी गर्ने
पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिमै मत बाझिँदा अझै निष्कर्ष निस्किएन
राष्ट्र बैंकको मौद्रिक नीति, घरजग्गा कर्जामा कडाई
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे द्वारा राजिनामा
आईओसी बाट मुल्य बढेर आए सँगै फेरि पेट्रोलियम पदार्थमा मुल्य वृद्धि
सिसिटिभिको फुटेज नराख्ने अर्थमन्त्रीमाथि प्रधानमन्त्रीले एक्सन लिनुपर्छ : गगन थापा
स्विस बैंकमा कसरी हुन्छ बर्षै पिछ्छे नेपाली पैसा दोब्बर