पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । अन्य अध्यक्षका प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । काभ्रेपलाञ्चोकको बनेपामा बुधवार सम्पन्न मतदानमा ५८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढि मत क्षेत्रीले प्राप्त गरेका हुन् ।

क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसकेका छन् । २०७४ सालको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष समेत भएका थिए । पछिल्लो समय उनी कांग्रेसमा सक्रिय छन् ।  

अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लाहरुमा यातायात सेवा संचालन गर्दै आएको छ ।

सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पुर्व अरनिको यातायात प्रालिको रुपमा संचालन हुँदै आएको छ । 

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह