लिसंखुपाखर ५ को विभिन्न स्थानमा तीन दिने निशुल्क स्वास्थ्य शिविर



सिन्धुपाल्चोक : लिसंखुपाखर ५ को विभिन्न स्थानमा ´रोक्पा मद्दत नेपाल` को सहयोगमा तीन दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

बर्णा युवा समाजको आयोजनामा भदौ १९ गतेदेखि २१ गतेसम्म हुने शिविर १९ गते जेठलको माझगाउँमा, २० गते विक्री केन्द्र भवन मुडे वा मुडे बजारमा र २१ गते वडा कार्यालय भवन शिल्ढुङ्गामा संचालन हुने छ ।
शिविरमा सुगर, प्रेसरका बिरामी लगायत स्त्रीरोग, हाडजोर्नी दुखाई तथा अन्य विभिन्न रोगको चेकजाँच र निशुल्क औषधि उपलब्ध हुने भएको छ ।
लिसंखुपाखर क्षेत्रमा सुगर, प्रेसर, चिसोका कारण हुने जोर्नी दुखाई, महिलाहरुमा देखिने स्वास्थ्य समस्या लगायत रुघाखोकी दम को समस्या धेरै देखिएकाले उक्त समस्याहरुको स्वास्थ्य विशेषज्ञ र औषधि मगाईएको लिसंखुपाखर ५ हेल्थपोस्ट प्रमुख राजेश भुजेलले बताउनु भयो ।
गाउँघरका मानिसहरु विभिन्न रोगले ग्रसित भएर बसेको अवस्थामा पनि निम्न आयस्तर, अस्पताल टाढा भएको कारण र अन्य विभिन्न कारणले स्वास्थ्य चेकजाँच तथा उपचार गर्नमा हिच्किचाउने भएकाले सबैलाई सचेत गराउन स्वास्थ्य शिविर संचालन गर्न लागेको बर्णा युवा समाजका जङ्गे तमाङले बताउनुभएको छ ।

यस्तै शिविर संचालनको लागि सयौं थुंगा बचत तथा ऋण सहकारी संस्था, सयपत्री युवा क्लब लगायत विभिन्न क्लबहरुले स्वयंसेवकको रूपमा काम गर्ने भएका छन् ।

उक्त स्वास्थ्य शिविर संचालन मा बारे थप जानकारी लिन चाहेमा जेठलमा सन्तलाल श्रेष्ठ ९८४०-१६३०१६, मुडे र निगालेका लागि इराज लामा (आईराज) ९८५१०-०२३१७ र शिल्ढुङ्गा, १८ किलो बर्णा क्षेत्रको लागि जङ्गे तमाङ ९८६०-४७११०० मा सम्पर्क गरेर बुझ्नका लागि पनि अनुरोध गरिएको छ ।
