सिन्धुपाल्चोक : लिसंखुपाखर ५ शिल्ढुङ्गामा आज नेपाली कांग्रेस वडा इकाई समितिले आयोजना गरेको ´जनताको साथमा कांग्रेस` अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इकाई सभापति इराज लामा (आईराज) को सभापतित्व र नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सदस्य निमा तेन्जेन लामाको प्रमुख आतिथ्यमा पार्टिमा सक्रिय विभिन्न कार्यकर्ता तथा जनताको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कांग्रेस प्रती जनताको राय कस्तो रहेको छ भन्ने अन्तरक्रिया कार्यक्रममा सिन्धुपाल्चोकमा भुकम्प, बाढिपहिरो, कोरोना महामारी लगायत जनताको दुखमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले जत्तिको दुख कसैले नगरेको निष्कर्ष निकाल्दै सिन्धुपाल्चोक १ मा मोहन बहादुर बस्नेतले नै टिकट पाउनुपर्ने र जनताले पनि भारी मतले जिताउनु पर्ने सबैले बताए ।

धेरै जसोले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा गठवन्धन गर्नु नपर्ने र गरिहालेमा प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारको टिकट पुर्व मन्त्री मोहन बहादुर बस्नेतले नै पाउनु पर्ने राय व्यक्त गरेका छन् । यसो नभएको अवस्थामा पार्टिलाई ठूलो नोक्सान हुने सम्भावना पनि त्यतिकै रहेको निष्कर्ष निकालेका छन् ।

गत २०७४ सालको प्रतिनिधि सभा चुनाव र बैशाख ३० को स्थानीय चुनावमा भएका कमि कमजोरी हरुको एक एक समिक्षा गर्दै आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेस जिताउनका लागि सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्न सभापति लामाले अनुरोध गरेका छन् । साथै स्थानीय चुनावमा पार्टी भित्रकै व्यक्ति बाट अन्तर्घात भएपनी सो कुरालाई त्यहीँ थाती राखेर आगामी चुनाबमा सबैलाई समेटेर अगाडी बढ्न र एकले अर्कालाई दोषारोपण गर्ने कार्य आजै बाट त्यागेर सबै एकजुट भै अगाडि बढ्नका लागि पनि सुझाएका छन् । सिन्धुपाल्चोकमा गठवन्धन गर्न आवश्यक नरहेको कुरा पनि सभापति लामाले प्रष्ट्याएका छन् ।

प्रतिनिधि सभा उम्मेदवारको टिकट पुर्व मन्त्री मोहन बहादुर बस्नेतले नै पाउने जिकिर गर्दै एनि हाउ पार्टी जिताउ अभियानमा लाग्न प्रमुख अतिथी निमा तेन्जेन लामाले पनि अनुरोध गरेका छन् । गएको स्थानीय चुनाबमा लिसंखुपाखर ७ मा भएको अन्तर्घात को उदाहरण दिदैं लिसंखुपाखर ५ मा पनि अन्तर्घात हुन सक्ने कुरालाई समयमै नजरअन्दाज गर्न र पार्टी एकत्रित बनाउन पनि इकाई समितिलाई सुझाब दिएका छन् ।

भाइ फुटे गँवार लुटे भन्ने उखान स्थानीय चुनाबमा प्रष्ट भएको उदाहरण दिदै पार्टी भित्र कसैले कसैको कुरा काट्ने परिपाटी त्याग्न र सबै एकजुट हुन पुर्व सभापति गंगा बहादुर श्रेष्ठले अनुरोध गरेका छन् ।

पार्टी भित्र रहेका केही कार्यकर्ताहरु पार्टीकै विरुद्धमा लाग्ने गरेका र त्यस्ता कार्यकर्ताहरुलाई कित सम्झाई बुझाई गरेर सुधार्ने कि त पार्टिबाट तुरुन्तै निष्कासन गर्नुपर्ने नेपाली कांग्रेस लिसंखुपाखर गाउँपालिका सचिब मिङ लामाले बताए ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह