मोरङको लेटाङमा फुटबल हेर्न भनेर अघिल्लो दिन घरबाट निस्किएका तीनजना बालिका सम्पर्कविहीन बनेका छन् । 

प्रहरीका अनुसार लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई शनिबार बिहानदेखि सम्पर्कविहीन बनेका हुन् । घरबाट फुटबल हेर्न भनेर अभिभावकलाई ढाँटेर उनीहरु बिहान ११ बजेतिर घरबाट निस्किएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार लेटाङ वरपर फुटबललगायत खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको जानकारी छैन । 

‘गाउँमा खेलकुदका कुनै प्रतियोगिता आयोजना गरिएको पाइएन । तर बालिकाहरु फुटबल हेर्न भन्दै अभिभावकलाई ढाँटेर घरबाट निस्किएको खुलेको छ,’ श्रेष्ठले भने, ‘अभिभावक र स्थानीय बासिन्दाको सहयोगमा खोजी तीव्र पारिएको छ । तर फेला पार्न सकिएको छैन ।’ 

तीनैजना बालिका लेटाङकै शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन् । 

बिहान घरबाट निस्किएका छोरीहरु नफर्किएपछि अभिभावकले खोजी थालेका थिए । प्रहरीले भने घटनाका बारेमा आइतबार बिहान ६ बजेतिर मात्रै जानकारी पाएको डीएसपी श्रेष्ठको भनाइ छ । उनका अनुसार घरबाट हिँडेका बालिकाहरु साँझसम्म नफर्किएपछि अभिभावकले रातभर खोजी गरेको पाइएको छ । अवस्था पत्ता लाग्न नसकेपछि अभिभावकले प्रहरीलाई जानकारी गराएको उनले बताए ।  

डीएसपी श्रेष्ठका अनुसार ढिलो गरेर घटनाको जानकारी आएकाले पनि खोजीमा समस्या भइरहेको छ । अभिभावक र स्थानीयको सहयोगमा खोजी तीव्र पारिएको भए पनि उनीहरुको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ । श्रोत : अन्नपूर्ण पोस्ट

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह