एक महिनापछि चीनले तातोपानी नाकाबाट सामान नेपाल पठाएको छ । चीनतर्फ रोकिएको लसुन सहितका सामान बोकेका केही कन्टेनर नेपालतर्फ पठाएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार चीनले नियमित रुपमा नै नाका खुलाएको हो वा हैन भन्नेबारे अन्योल रहेको बताए ।

‘केही ट्रक सामान आएका छन्, यो नियमित हुन्छ कि हुँदैन भनेर चिनियाँ पक्षसँग छलफल गरौं भनेको छु,’ उनले भने, ‘अहिलेसम्म नाका खुलेको हो वा हैन भन्ने यकिन छैन ।’

गत २५ साउनमा चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको थियो । चीनको तिब्बत क्षेत्रमा कोभिड–१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेका थिए ।

दशैंको मुखमा चीनले नाका बन्द गर्दा दशैंका लागि चीनको स्थलमार्गबाट ल्याइएका सामान बाटोमै अलपत्र परेका छन् । यसले आयातकर्ताहरु तनावमा परिरहँदा नाका खुल्नेबारेको अन्योल अझै हटेको छैन । चीनबाट आउने सामानहरुको आपूर्ति कमजोर हुँदा बजारमा मूल्य बढेको छ भने बजारमा कतिपय वस्तुको अभाव सुरु भएको छ ।

२५ साउनअघि पनि चीनले दैनिक कोटा तोकेर ४–५ कन्टेनर समान मात्रै भन्सार पास गरिरहेको थियो । अनलाइन खबर

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह