दोलखा । दोलखाको भीमेश्वर नगरपालिका ९ का एक पुरुषलाई आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ९ चिसोपानी स्थायी घर भई ललितपुरमा बस्दै आएका ६२ वर्षिय पेमा घ्याल्बो लामाले आफ्नै श्रीमतिको हत्या गरेको खुलेको हो ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित फुलचोकी जंगलमा निज तमाङको श्रीमती ४७ वर्षिया रुपा क्षेत्रीको शव फेला परेको थियो । ललितपुर महानगरपालिका २९ स्थित हरिसिद्धि बस्दै आएकी क्षेत्रीको हत्यामा उनकै श्रीमानलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले आज पत्रकार सम्मेलन गरी रुपालाई उनकै पति घ्याल्बो लामाले हत्या गरेर जंगलमा फालेको जानकारी दिएका छन् । निजकी श्रीमती गत भदौ १६ गतेदेखि हराईरहेका थिए ।

काठमाडौं उपत्यकामा घर बनाउने कामदारलाई संयोजन गरेर साना ठेक्का लिएर जिविकोपार्जन गर्दै आएका लामाले पत्नीलाई योजनाबद्ध तवरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दैनिक मदिरा सेवन गरी झगडा गरेर हैरानी दिएकाले आफुले नै श्रीमतिको हत्या गरेको आरोपितले प्रहरी समक्ष बयान दिएका छन्‌ । हत्या भएको पत्नी लामाको कान्छी श्रीमती हुन् ।

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु