सिन्धुपाल्चोकको हेलम्बु १ नाकोटे स्थित ठाडो खोलामा मा नुहाएर फर्किने क्रममा चिप्लिएर हिजोदेखी बेपत्ता भएका शिक्षकको करिव २२ घण्टापछि जिबितै उद्धार गरिएको छ । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय शिक्षक केशव शिवाकोटीको उद्धार गरिएको हो ।

उनलाई नेपाली सेनाको हेलिकोप्टर झिकाई जिबितै उद्धार गरिएको ईलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ । केही घाईते अबस्थामा खोलाको अप्ठ्यारो खोँचमा भेटिएका उनलाई उद्धार गरी थप उपचारका लागि काठमाण्डौं लगिएको छ । 

शनिवार दिउँसो करिव १ बजेको समयमा बेपत्ता भएका उनको हिजो देखिनै प्रहरी र स्थानीयको टोलीले खोजी सुरु गरेका थिए । आज विहान उनलाई आवाजको संकेतले फेला पारिएको प्रहरीले जनाएको छ । लडेर खोलाको अप्ठेरो खोँचमा फसेकाले शिवाकोटीको उद्धारको लागि नेपाली सेनाको हेलिकोप्टर झिकाईएको हो ।

उनी स्थानीय सर्कथली आधारभुत विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । संगै अन्य ४ जना शिक्षकहरु ठाडो खोलामा नुहाएर फर्किने क्रममा शिवाकोटी चिप्लिएर खोलामा लडेका थिए ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह