लिसङ्खु पाखर गाँउपालीका को मुढे र सिलढुङ्गा बजारमा लामो समयपछि आज जिल्ला प्रशासन कार्यालयद्वारा मंगलबार बजार अनुगमन गरिएको छ ।

ठुला चाडपर्व लाई लक्षित गरि उपभोक्ता हित तथा खाद्यान्न शुद्धताको लागि बिगत डेढ बर्ष देखि अनुगमन नभएको लिसंङ्खु पाखर गाँउपालीका वडा नम्बर ५ को मुढे र सिलढुङ्गा बजार अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामजी थापा, प्रहरी चौकी मुढे का प्रहरी सहायक निरिक्षक धन बहादुर कार्कि, रेडियो जुगलको स्टेसन म्यानेजर सुनिता लामा, जिल्ला घरेलु उद्योगका प्रतिनिधि हरि बिक, उद्योग बाणिज्य संघका प्रतिनिधि विदुर खड्का, लिसङ्खु पाखर गाँउपालीका वडा नम्बर ५ जेठल स्वास्थ चौकिका सिनियर अहेब राजेश भुजेलको टोलीले बजार अनुगमन गरेको थियो ।

अनुगमन को क्रममा वडा भित्र का अधिकांश पसल मुल्यसुची विहिन तथा दर्ता बिना नै संचालन भएको पाईएको छ । एस एस आर खाद्य स्टोर मुडे, रिना किराना स्टोर र बिमल किराना पसल सिलढुङ्गा बाट म्याद गुज्रिएको खाद्यान्न सामान तथा मरमसला हरु बरामद गरिएको छ ।

अनुगमन टोलि ले अनुगमन को क्रममा पसलको क्षमता भन्दा बढि र पसलमा दर्ता भएको भन्दा बाहिरी सामाग्री अव्यवस्थित राखिएकोले तत्काल पसलको मापदण्ड अनुसार व्यवसायीले पसल दर्ता गरि पसलमा सामान राख्न निर्देशन दिएको छ । दर्ता बिना पसल संचालन गर्दा कर छलि हुने तथा जिल्लाको राजस्व संकलन मा नकारात्मक असर पर्ने, समय सिमा नाघेका अखाद्य बस्तु बिक्री बितरण गर्दा उपभोक्ताको स्वास्थ्य मा गम्भीर असर पर्ने कारण व्यवसायीले फाईदा मात्रै हेरेर व्यवसाय संचालन गर्नु नहुने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठले बजार अनुगमन पश्चात् व्यवसायीलाई शिघ्र पसल दर्ता गर्न, मुल्य शुचि देखिने गरि राख्न तथा म्याद गुज्रेका सामाग्री हरु तत्काल हटाउन अनुरोध गर्नु भएको छ । वडाका व्यवसायीहरुले पनि आगामी दिनमा पसल दर्ता गर्ने , मुल्य शुचि राख्ने र उपभोक्ता को स्वास्थ्य मा जिम्मेवार रहेर खाद्य सामाग्री व्यवस्थित राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह