नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवासँगै गठबन्धनका नेताहरुलाई खबरदारी गरेको छ । समानुपातिक पद्धतिको सूचीमा असन्तुष्टि जनाएको यो समूहका नेताहरुले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हार्ने चेतावनी गठबन्धनका नेताहरुलाई दिएका छन् ।

शनिबार काठमाडौंमा भएको ‘खबरदारी सभा’मा शेखर समूहका नेता गुरुराज घिमिरेले गुटका नाममा आफ्नो वरिपरिका केही मानिसलाई अवसर दिएर पार्टी नबाँच्ने बताए । जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठ्यारो पर्ने भन्दै उनले भने, ‘समानुपातिकमा त देखाउन मिल्ने मान्छे राख्नुस् । अहिले प्रदेश १ बाट राखेका मान्छे हामीनै चिन्दैनौं, यस्तो नाम राख्न कसले दियो अधिकार ?’

पार्टीमा न्यायोचित रुपमा टिकट वितरण भए ४०/६० को गणित आवश्यक नपर्ने उनले बताए । ‘न्यायोचित भएन भने ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर छैन’, उनले भने, ‘४० प्रतिशतको भाग खोज्ने प्रतिपादक तपाईं (देउवा) हो । हामी टुलुटुलु हेरेर बस्दैनौं ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै सत्तारुढ गठबन्धनका नेताहरुको नामै लिएर उनले बालुवाटारमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताए । ‘मागेजति सिट पाइँदैन, पाएको ठाउँमा पनि जिनत्दा पनि जितिँदैन’ नेताहरुलाई चेतावनी दिँदै उनले भने, ‘हामी केही व्यक्तिले आह्वान गरौं त के हुने रहेछ हेरौं ।’

घिमिरेले पार्टीभित्र न्यायोचित अवसरका लागि लड्दा खुट्टा नकमाउन आफ्नो समूहबाट चुनिएका पदाधिकारीहरुलाई आग्रह गरे । पार्टीका साथीहरु हामीसँग छन्, खुट्टा नकमाउन होला,’ उनले भने, पार्टीभित्र भएको अन्यायबारे बोल्नुभएन भने तपाईंको पनि मूल्यांकन हुन्छ ।’

नुवाकोटका पूर्वसभापति जगदिश्वर नगरसिंह केसीले आफूहरुले दिएको नाम समानुपातिकको बन्द सूचीमा समावेश नभएको भन्दै १६ असोजभित्र नसच्याए प्रतिवादमा उत्रिने चेतावनी दिए । ‘समानुपातिकमा हामीले दिएका नाम काटिएको छ’, उनले भने, ‘सूची १६ गतेसम्म सच्चिएन भने नयाँ बाटोका लागि तपाईं सबै तयार रहनुस् ।’

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापतिले पार्टीभन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाए । ‘भातृसंस्था लथालिङ्ग पारेर चुनावमा जान किन कांग्रेस खोजिरहेको छ ? भातृ संस्थालाई पूर्णता दिने पार्टीको निर्णय किन कार्यान्वयन भएन ?’ उनले प्रश्न गरे ।

पार्टी सभापति देउवा स्वयंले विगतमा ४० प्रतिशतको भाग खोजेको भन्दै उनले उम्मेदवार छनोटमा शेखर पक्षलाई ४० प्रतिशत दिनैपर्ने बताए । ‘महाधिवेशनमा हामीले ४० प्रतिशत मत ल्याएको औचित्य के हो ? हामीलाई ४० प्रतिशत चाहिन्छ चाहिन्छ’ उनले भने ।

तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाए । केन्द्रीय सदस्यमा बहुमत भएर चुनाव नजित्ने भन्दै उनले भने, ‘बहुमत नेपाली जनताको चाहिन्छ, बहुमत कता छन् हेर्न जरुरी छ ।’

पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदीले विचारको कांग्रेस कि ब्रिफकेसको भनी प्रश्न उठ्न थालेको बताए । कार्यकर्तावादी होइन, कारिन्दावादी कांग्रेस भएको भन्दै उनले भने, ‘जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ, हुन्छ । बहुमतको नाममा विभेद गर्न पाइँदैन ।’

डोटीका नेता भरत खड्काले जनताको बीचमा जानुपर्ने बेला न्यायका लागि खबरदारी सभा गर्नुपर्ने बताए । अमुक पार्टी र नेताको नभई पार्टीको चिन्ता गर्न र एकता कायम गर्न आग्रह गर्दा पनि सभापति देउवाले सुनुवाई नगरेको उनले बताए । ‘अब तीन वटा मात्र विकल्प छ, जति शेरबहादुर दाइले दिनुहुन्छ, त्यसमा चित्त बुझाउने । त्यसो नहुँदा कुनै पद चाहिँदैन, तपाईं नै बाँड्नुस् भन्नुपर्छ,’ उनले भने, ‘होइन भने समूहगत रुपमा बाहिर आएर देशभर उम्मेदवारी दिने हैसियत राख्नुपर्छ ।’

कांग्रेसका लागि आफ्नो खुट्टामा उभिएर जनतामा जाने अवसर भएपनि स्थानयि चुनावमा त्यसलाई गुमाएको उनले बताए । अब फेरि तालमेल गर्दा २/४ सिट जितेपनि हजारौं कार्यकर्ता गुमाउने भन्दै डोटीका नेता खड्काले भनेका छन्, ‘यो अप्राकृतिक गठबन्धन हो, प्रचण्ड र माधव नेपालले बाँड्ने टिकट हामीलाई स्वीकार्य छैन ।’

खबरदारी सभामा निवर्तमान सांसद तेजुलाल चौधरीले मधेशमा कांग्रेसलाई अन्याय नहुने गरी गठबन्धन गर्नुपर्ने बताए । ‘मधेशको ३२ सिटमा कांग्रेसले २० सिट कम्तीमा लिनुपर्छ । छोड्दै जाने हो भने कांग्रेस मधेशमा सकिँदै जान्छ’ उनले भने । श्रोत : अनलाइन खबर

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह