सिन्धुपाल्चोक असोज १३ गते । केही दिन अघिसम्म स्थिर रहेको मुडेको रातो आलुको भाउ अहिले मुख्य आलु उत्पादन हुने ठाउँ मुडे बजारमा नै केजिको ६० रुपैयाँ (प्रती धार्नी १५० रुपैयाँ) पुगेको छ ।

केही दिन अघिसम्म खुद्रा मुल्य प्रतिकिलो ५२ देखि ५५ रुपैयाँमा पाउने मुडेको रातो आलु अहिले प्रतिकिलो ६० देखि ६३ रुपैयाँ सम्म बेच्ने गरेको स्थानीय व्यापारीहरु बताउँछन् । काठमाडौमा आलुको भाउ बढे सँगै मुडेमा पनि आलुको भाउ बढेको उनिहरु बताउँछन् ।

काठमाडौमा आलुको भाउ नबढेर स्थिर रहिरहेको अवस्थामा यताबाट काठमाडौमा बिक्रीको लागि लैजाने व्यापारीहरुले पनि आलुको भाउ बढ्ने आशामा काठमाडौ नलगेर गोदाममै थन्क्याईरहेका थिए ।

शुरु शुरुमा खनेको आलु धेरै कुहिएर नोक्सान व्यहोर्नुपर्ने भएको कारणले पनि काठमाडौमा आलुको भाउ नबढेकोले यहीँ गोदाममा नै थन्काउन वाध्य भएको एक व्यापारी बताउँछन् ।

गर्मी ठाउँमा छिटो फलेको आलु भन्दा मुडेको चिसोमा ढिलो फलेको आलु धेरै मीठो हुने भएकोले पनि मुडेको आलुले काठमाडौमा एउटा ब्राण्ड नै बनाएको छ । कालिमाटी तरकारी बजारमा मुडे आलु भनी नामांकित आलुको रेट नै छुट्टै हुने गर्दछ । यहाँको आलु फल्नको लागि कम्तीमा पनि ६ महिना देखि ८ महिना सम्म लाग्ने गर्दछ । रोपेको ६ महिनामै खनेको आलु कुहिने समस्या हुने गरेकोले आलुको भाउ पनि सस्तो हुन जाने र हिजोआज खनेको आलु नकुहिने र स्वादिलो पनि हुने भएकोले अहिले मुडेको आलु महंगिँदै गएको पनि व्यापारी हरु बताउँछन् ।

मुडेको आलुको भाउमा भारतबाट आयात भएको आलुले पनि केही प्रभाव पार्ने गरेको छ । भारतीय आलु सस्तो मुल्यमा आईपुग्दा बजारमा सस्तो आलु सँग प्रतिस्पर्धा गर्नुपर्ने भएको हुँदा यहाँको आलु पनि केही मात्रामा सस्तो नै हुन जाने हुन्छ । तर प्रायजसो असोज लागिसकेपछी मुडेको आलु महंगिँदै जाने पनि विगतको इतिहासले देखाईरहेको छ ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह