२१ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यो एसियाली विकास बैंकले केही साता अगाडि गरेको प्रक्षेपणको तुलनामा केही बढी हो । एडीबीले भने ४.७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरेको छ । बजेटमार्फत यस आ.व.मा सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

विश्व बैंकले कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने विश्लेषण गरेको छ । यसले नेपालमा सार्वजनिक ऋणको स्तर स्थीर रहने अपेक्षा गरिएको विश्व बैंकको भनाइ छ ।

विदेशी मुद्राको सञ्चितीमा परेको दवाब समेत क्रमशः कम हुँदै जाने अनुमान छ । आगामी आर्थिक वर्षका लागि भने अर्थतन्त्र विस्तारको अनुमान ४.९ प्रतिशत मात्र गरिएको विश्व बैंकले जनाएको छ ।

दक्षिण एसियामा सबैभन्दा संकटमा भने श्रीलंकाको अर्थतन्त्र रहेको छ । यो वर्ष सो मुलुकको अर्थतन्त्र ९.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यो सन् २०२३ मा ४.२ प्रतिशतले गिरावट आउने छ ।

नेपाल डेभलपमेन्ट अपडेटमा विश्व बैंकले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावबारे समेत विश्लेषण गरेको छ । नेपाल विश्वव्यापी रुपमा हरितगृह ग्यासहरुको नगन्य योगदानकर्ता भए पनि जलवायु परिवर्तनको जोखिम भएका मुलुकमा भने अग्रस्थानमा पर्छ ।

विश्व बैंकको विश्लेषण अनुसार आगामी दिनमा यसका प्रभावहरु अझ तीव्र गतिमा देखिने छन् ।

यो पनि पढौं :

चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
खुद्रा आलुको भाउ मुडेमा नै पुग्यो प्रतिकिलो ६० रुपैयाँ, अझै बढ्न सक्ने आँकलन
बिहिवार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि
श्रृजनशील लघुवित्तको आईपिओ आजदेखि सर्वसाधारणलाई बिक्रि खुला
रामेछापको खाँडादेवी र काभ्रेको तिमालमा पर्ने सुनकोसी तेस्रोमा लगानी गर्न बंगलादेश तयार
कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरुको भनाई
गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणद्वारा झण्डै २ अर्बको विद्युत् निर्यात
माथिल्लो तामाकोसीले हकप्रद शेयर जारी गर्ने
पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिमै मत बाझिँदा अझै निष्कर्ष निस्किएन
राष्ट्र बैंकको मौद्रिक नीति, घरजग्गा कर्जामा कडाई
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे द्वारा राजिनामा
आईओसी बाट मुल्य बढेर आए सँगै फेरि पेट्रोलियम पदार्थमा मुल्य वृद्धि
सिसिटिभिको फुटेज नराख्ने अर्थमन्त्रीमाथि प्रधानमन्त्रीले एक्सन लिनुपर्छ : गगन थापा