दाङ, असोज २१ गते । दशैंको बेला भएको लगातारको वर्षाका कारण दाङको लमही नगरपालिका वडा नं ८ धनपुरुवा गाउँ बाढीको भेलमा डुबेको छ । राप्ती नदीमा आएको बाढीले धनपुरुवा गाउँलाई  डुवानमा पारेपछी दशैं मनाउन त परे जाओस् । आफू बच्नका लागि मात्रै सोच्नुपर्ने भएको छ । सरकारको तर्फबाट उद्धार कार्य भने जारी रहेको छ ।

५० जनाभन्दा बढी गाउँबासी बाढीमा फसेका छन् । डुङ्गाबाट उद्धार गर्ने काम भइरहेको  शसस्त्र प्रहरी बल २९ नं गण भालुवाङका प्रमुख विनोद केसीले जानकारी दिनुभयो । अहिले शसस्त्र प्रहरी र नेपाली सेनाको गरी दुई वटा डुङ्गा उद्धारमा परिचालन गरिएको छ । थप डुङ्गासहितको तालिम प्राप्त जनशक्ती माग गरिएको उद्धार टोलीका सदस्यले बताएका छन् । 

आज दिउँसोदेखि उद्धारको काम शुरु गरिएको थियो । अहिलेसम्म भेलमा फसेका १३ जनाको उद्धार गरिएको र बाँकीको पनि उद्धार कार्य जारी रहेको टोलीले जनाएको छ । उद्धारका लागि हेलिकप्टर माग गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन नसकेको बताइएको छ । 

भेलमा फसेकाहरु घरको छत, रुखमा चढेर ज्यान जोगाउन बाध्य भएका छन् । लगातार बर्षा भइरहेको र पानीको बहाव नघटेका कारण उद्धारमा पनि समस्या भएको प्रहरीले जनाएको छ । भेलमा फसेका सबैको उद्धार गर्न रातभरी समय लाग्ने उद्धारमा सहभागी एक प्रहरीले बताउनुभयो ।  

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु