२१ असोज, सिन्धुपाल्चोक । नेकपा एमालेले प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक क्षेत्र १ मा सरेश नेपाललाई टिकट दिएको छ। नेपाल वाग्मती प्रदेश सभा सदस्यसमेत हुन्। क्षेत्र नं २ मा शेरबहादुर तामाङले टिकट पाएका छन्। उनी एमाले स्थायी कमिटी सदस्य तथा पुर्व कानुन मन्त्री पनि हुन्।

क्षेत्र नं १ को प्रदेश तर्फ क मा कमल नेपाल ले टिकट पाएका छन्। नेपाल सिन्धुपाल्चोक एमालेका जिल्ला अध्यक्ष हुन्। उनी २०७४ सालको स्थानीय निर्वाचन मा लिसङखुपाखर गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।यसैगरी प्रदेशसभा ख मा होमनारायन श्रेष्ठले टिकट पाएका छन्। उनी गाउँपालिका राष्ट्रिय महासङघका अध्यक्ष हुन् भने गत स्थानीय तहको निर्वाचन मा जुगल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

यता क्षेत्र नम्बर २ मा टिकट पाएका शेर बहादुर तमाङ एमाले स्थायी कमिटी सदस्य हुन्। तामाङले यसअघि यसक्षेत्रबाट पशुपति शम्शेर राणालाई हराएका थिए। क्षेत्र २ कै प्रदेश क मा भने माओवादी छोडेर एमाले प्रवेश गरेका अमानसिङ तामाङले टिकट पाएका छन्। तामाङ गत २०७४ मा स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीबाट चौतारा साँगाचोक गढी नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। प्रदेश सभा ख मा भने एमालेकै पूर्वजिल्ला अध्यक्ष हस्त पण्डितले टिकट पाएका छन्।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह