दशैं सकिए लगत्तै सिन्धुपाल्चोकको मुडे हुँदै काठमाडौ फर्किनेहरुको हिजोआज लर्को नै लागेको छ ।

टीका सकिएको भोलिपल्ट देखि नै दोलखा तथा रामेछापका यात्रुहरुले खचाखच भरिएको यात्रु बसहरु, स-साना गाडीहरु र मोटरसाइकलले बेला बेलामा मुडे बजार नै जाम पनि हुने गरेका छन् ।

दशैं सकिएपछी लगभग पुर्णिमाको दिनसम्म यस्तै भिडभाड हुने मुडे बजारका स्थानिय व्यापारी हरु बताउँछन् । अहिले अरनिको यातायात र रोल्वालिङ यातायात भन्दा बाहेकका अन्य बस हरुले पनि यात्रु बोकेर हिड्ने गरेका छन् ।

तर दशैं अघिको अवस्था हेर्दा विगतको तुलनामा यो वर्ष धेरै मानिसहरु नहिंडेको पनि यहाँका स्थानीय व्यापारीहरु बताउँछन् । विगतका दशैंहरुमा दिउँसो मात्रै नभएर राती पनि नसुतिकन व्यापार गरेको अनुभव सुनाउँदै कोरोना महामारी पछि व्यापारमा धेरै गिरावट आएको बताउँछन् ।

पहिलाका बर्षहरुमा जस्तो यात्रुले खचाखच भरिएको सवारी भन्दा पनि सिट भरी मात्रै यात्रु राखेर हिड्ने सवारीको लर्को चाहिँ अहिले धेरै रहेको छ ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह