सिन्धुपाल्चोकमा प्रतिनिधि सभा र प्रदेश सभाका ६ पदका लागि ६१ जनाले दिए उम्मेदवारी



सिन्धुपाल्चोक असोज २४ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाबका लागि सिन्धुपाल्चोकको दुबै क्षेत्रमा गरि ६१ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं १ का लागि मात्रै १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट माधब सापकोटा (सुबोध) ले उम्मेदवारी दिएका छन् । नेकपा एमाले बाट सरेश नेपालले उम्मेदवारी दिएका छन् भने दिनेश श्रेष्ठ–राष्ट्रिय स्वतन्त्र पार्टी, दावा लामा मंगोल नेशनल अर्गनाईजेशन, बीरबहादुर तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, रामकुमार जिसी स्वतन्त्र, सोम नोर्बु शेर्पा–आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मुकुन्द श्रेष्ठ– स्वतन्त्र, डिबी सिंह लामा–जनता समाजवादी पार्टी नेपाल, विष्णुप्रसाद पौडेल– स्वतन्त्र, कृष्णबहादुर ठकुरी–नेपाल कम्युनिष्ट पार्टी (माले), नारायण पाण्डे–राष्ट्रिय प्रजातन्त्र पार्टी, हरि लक्ष्मी दनेखू–नेपाल मजदूर किसान पार्टी, ग्याल्जेन शेर्पा–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।
त्यसै गरि प्रतिनिधि सभा क्षेत्र नं २ का लागि पनि १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
जसमा गठवन्धनको तर्फबाट नेपाली कांग्रेसबाट पुर्व मन्त्री मोहन बहादुर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट शेर बहादुर तमाङ रहेका छन् । त्यस्तै ध्रुबप्रसाद पराजुली–स्वतन्त्र, कर्णविर स्याङ्बो लामा–मंगोल नेशनल अर्गनाइजेसन, माया गुरुङ–राष्ट्रिय स्वतन्त्र पार्टी, बद्रीप्रसाद चौलागाई–स्वतन्त्र, श्यामबहादुर तामाङ, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगल सिं तामाङ–जनमत पार्टी, दिलीप वि.क.– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नरसिं श्रेष्ठ– राष्ट्रिय प्रजातन्त्र पार्टी, लक्ष्मीप्रसाद कुसी– नेपाल मजदुर किसान पार्टी, दावा छिरिङ शेर्पा–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, यस्मिन ढुंगाना–स्वतन्त्र र कवि राज गिरी–नेपाल कम्युनिष्ट पार्टी (माले) रहेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेशसभा ‘क’ का लागि गठवन्धन बाट मसिना खड्का नेपाली कांग्रेस बाट, युद्ध विक्रम तामाङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रहेका छन् भने अन्य दलहरुबाट आशिष लामा (तामाङ)– तामाङसालिङ लोकतान्त्रिक पार्टी, सोमबहादुर लामा–मंगोल नेशनल अर्गनाइजेसन, युद्ध विक्रम तामाङ–नेपाल कम्युनिष्ट पार्टी (एमाले), राजेश लामा– जनता समाजवादी पार्टी, नेपाल, श्याम लाल शाक्य–नेपाल मजदुर किसान पार्टी, निर्मला श्रेष्ठ–राष्ट्रिय प्रजातन्त्र पार्टी, टुल्कु लामा–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र कृष्णबहादुर तामाङ–नेपाल कम्युनिष्ट पार्टी (माले) गरि जम्मा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ का लागि गठवन्धन बाट नेकपा माओवादी केन्द्रबाट सरल सहयात्री पौडेल, नेकपा एमालेबाट होम नारायण श्रेष्ठ रहेका छन् भने अन्य दलहरुबाट गोविन्द दास गुभाजु–मंगोल नेशनल अर्गनाइजेसन, भक्तबहादुर भण्डारी–स्वतन्त्र, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), दीपक थापा–राष्ट्रिय प्रजातन्त्र पार्टी, फुर्पा दोर्जे लामा–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरि जम्मा ६ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसै गरि प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेशसभा ‘क’ तर्फ गठवन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का युवराज दुलाल (शरद), नेकपा एमाले बाट अमानसिं तामाङ, जिमी लामा–स्वतन्त्र, अर्जुन तामाङ–मंगोल नेशनल अर्गनाइजेसन, बाबुराम खड्का–राष्ट्रिय प्रजातन्त्र पार्टी, रत्न काजी नायभारी–नेपाल मजदुर किसान पार्टी,फडिन्द्रप्रसाद दाहाल–स्वतन्त्र, छिरिङ वाङदी शेर्पा–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, चेत नाथ गिरी– नेपाल कम्युनिष्ट पार्टी (माले) गरि जम्मा ९ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ तर्फ गठवन्धनबाट कृष्णकुमार तामाङ (समीर) नेपाली काँग्रेस, हस्तबहादुर पण्डित (क्षेत्री) नेपाल कम्युनिष्ट पार्टी (एमाले), सुन जित तामाङ–मंगोल नेशनल अर्गनाइजेसन, ललित कुमार तामाङ–तामाङसालिङ लोकतान्त्रिक पार्टी, कृष्णबहादुर तामाङ–जनता समाजवादी पार्टी, नेपाल, लालबहादुर तामाङ–जनमत पार्टी, गोविन्द गुरुङ–राष्ट्रिय प्रजातन्त्र पार्टी, राज मती लवजु–नेपाल मजदुर किसान पार्टी
योगेन्द्र राज सिग्देल–स्वतन्त्र गरि जम्मा ९ जनाले उम्मेदवारी दिएका छन् ।