२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ । एक नेता भन्छन्, ‘एमालेसँग सहकार्य गरेका छन् र चुनावपछि पनि त्यसलाई जारी राख्छौं भनेपछि कसरी राखिराख्नु ।’

सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन् । उनीहरु तत्काल राजीनामा नदिने मूडमा छैनन् । एक मन्त्रीले भने, ‘पार्टीले केही भनेको छैन, अहिले राजीनामा दिने योजना पनि छैन ।’

प्रधानमन्त्रीले मन्त्रीहरु हटाए पनि नयाँ नियुक्त गर्न भने पाउने छैनन् । निर्वाचन आयोगका अधिकारीहरु पनि नयाँ मन्त्री नियुक्ति आचारसंहिता विपरीत हुने बताउँछन् ।

२०७८ जेठमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् निस्तेज पारिदिएको थियो । त्यो मुद्दा अहिले पनि विचाराधीन छ । श्रोत : अनलाइन खबर डट कम

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु