नवलपरासी कार्तिक १३ गते : पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार–२, मथारमा भएको दुर्घटनामा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय डेढ गाउँले जनाएको छ।

पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार–२, मथारमा भएको दुर्घटनामा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय डेढ गाउँले जनाएको छ।

दुर्घटनाका घाइतेलाई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन पठाइएको छ । रामपुर यातायात प्रालिका दुई वटा बस मनकामना दर्शनका लागि शनिबार बेलुकी हुँगीबाट रिजर्भमा गएका थिए । त्यसमध्ये पछाडि गुडेको बस दुर्घटनामा परेको थियो ।

घटनास्थलनमा रहेका रामपुरका स्थानीय पत्रकार प्रकाश ज्ञवालीका अनुसार आइतबार बिहान ३ बजेको समयमा कालीगण्डकी करिडोर अन्तर्गत सडकमा बस दुर्घटनामा परेको हो । हुँगीबाट राति ९ बजे मनकामना दर्शनका लागि हिँडेका थिए ।

रम्भा गाउँपालिकाको हुँगीस्थित च्याङलिङ, नौगाउँ, बिसौना, गैरी र साठी क्षेत्रबाट मनकामना दर्शनका लागि जाँदै गरेको अवस्थामा दुईमध्ये एउटा बस दुर्घटनामा परेको स्थानीय घाइते ओमबहादुर विकले जानकारी दिए ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह