सिन्धुपाल्चोक कार्तिक १५ गते : चाहे महाभूकम्प होस् वा बाढीपहिरोमा वा चाहे कोरोनाको बेला सबैभन्दा पहिले म आफैं पुगेर सबैखालको उद्धार गर्ने र काम गर्ने पहिलो व्यक्ति म हुँ। यो सबैलाई थाहा छ। कोभिडका बेलामा हामीले निजी क्षेत्रबाट अक्सिजन प्लान्ट नै चलाएका थियौं। सरकारले देशभर अक्सिजन सिलिण्डर दिन नसकेको बेला चीनबाट अक्सिजनको सिलिण्डर ल्याएर निःशुल्क बाँड्ने व्यक्ति पनि म हुँ। विभिन्न किसिमका बाढी पहिरोमा कोही जान नसकेको बेला हेलिकोप्टर लिएर उद्धार गर्ने व्यक्ति पनि म हुँ। कोरानामा सिन्धुपाल्चोकका १७ ठाउमा निःशुल्क स्वास्थ्य शिविर चलाएका थियौं। यहाँका सबै स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण तथा कोभिड बिमा गरेका थियौं।

बाढीपहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्हरूको विषयमा अध्ययन गर्न बलेफी– ८ मा जुुरेमा अन्तर्राष्ट्रियस्तरको अध्ययन केन्द्र बनाउदैछौं। यो जिल्लामा भएका सबै समस्या र त्यसबाट उत्पन्न भएका परिस्थितिको बारेमा जानकारी गराउन एउटा पुस्तकालय बनाउन लागेको छौं। अध्ययन केन्द्रको काम सुरु भइसकेको छ। मैले नै शिलान्यास गरेको छु। यसैगरी मेलम्चीको खोलामा एउटा बेलिब्रिज बनाएको छु। मेलम्चीमा अर्को बेलिब्रिज यही जेठ मसान्तसम्म बनाउने प्रतिबद्धता गरेको छु। पोहरको बाढीले मेलम्चीमा ठाउँ ठाउँमा पुल भत्काएको थियो। बस्ती जोगाउन, नदी किटाण रोक्न हामीले अभियान नै सुरु गरेका छौं। जुरेमा पहिरो गएको बेला हामीले पहिरो पीडितलाइ नगद नै बाँडेका थियौं।

स्मरण रहोस् सिन्धुपाल्चोकमा सबैभन्दा बढी बिकास बजेट ल्याउन सक्ने नेता पनि मोहन बहादुर बस्नेतलाई नै मान्न सकिन्छ ।

इराज लामा (आईराज)

प्रवन्ध निर्देशक सिन्धु न्युज अनलाइन, रेडियो जुगल सम्वाददाता

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु