सिन्धुपाल्चोक क्षेत्र नं १ को प्रदेश सभा क मा मसिना खड्का भण्डारी सानदार मतले विजयी



सिन्धुपाल्चोक चौतारा मंसिर ७ गते ; सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ प्रदेश सभा क अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार मसिना खड्का भण्डारी सान्दार मतले बिजयी हुनुभएको छ ।

गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबमा उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका युद्ध विक्रम तमाङ (डिबी) लाई ११६२ मत ले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।
विभिन्न दैवीप्रकोप लगायत बिकासको काममा अब्बल मानिने जनताका प्रिय नेता मोहन बहादुर बस्नेत सँग मिलेर बाढिपहिरो लगायत कोरोना महामारीमा उल्लेख्य भुमिका खेल्नुभएका नेतृ भण्डारी स्वास्थ क्षेत्रमा अब्बल मानिन्छन् ।
शुरुआती चरणमा भोटेकोसी र बाह्रबिसेको मत गन्दा थोरै मात्रै मतले अघि देखिएका भण्डारी लिसंखुपाखरको मत गणना सँगै दुई सय, चार सय, आठसय को गुणात्मक मतान्तरले अघि बढेका थिए । अन्तमा त्रिपुरासुन्दरीको मत गन्दा सम्म प्रतिद्वन्द्वी लामालाई ११६२ मतले पराजित गरेका थिए ।

उहाँले १४,६५२ मत ल्याउँदा प्रतिद्वन्दी युद्ध विक्रमले १३,४९० मत ल्याएका थिए ।
