सिन्धुपाल्चोक क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका माधव सापकोटा सानदार मतले विजयी



सिन्धुपाल्चोक चौतारा मंसिर ८ गते; सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी सरेश नेपाललाई ३३५६ मतले पछि पार्दै विजयी भएका हुन् ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबमा उहाँ गठवन्धनको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । कुल मतदाता संख्या ६९,५८८ रहेको यस क्षेत्रमा उहाँले ३० हजार ३ सय ७४ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका सरेस नेपालले २७ हजार १८ मत प्राप्त गरेका थिए ।
शुरुमा एक हजार मत चानचुनले अगाडी बढी रहेका उहाँका प्रतिद्वन्दी उम्मेदवार सरेश नेपाल आफ्नै क्षेत्र सुनकोसी पुगेपछी अगाडी बढ्न सकेनन् । माधव सापकोटा सुबोधले भने आफ्नो क्षेत्र बलेफी, जुगल र चौतारा पुगेपछि अत्याधिक रुपमा फड्को मारेका थिए ।