सिन्धुपाल्चोक क्षेत्र नं २ मा १२ हजार मतान्तरले विजयी हुदै इतिहास रचे मोहन बस्नेतले



सिन्धुपाल्चोक चौतारा मंसिर ९ गते; सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत बाह्र हजार चानचुन मतले विजयी हुदै इतिहास रचेका छन् ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबमा उहाँ नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । कुल मतदाता संख्या ७६,७१६ रहेको यस क्षेत्रमा उहाँले ३९ हजार ३ सय ६७ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी नेकपा एमालेका शेर बहादुर तमाङले २७ हजार ४ सय ९३ मत प्राप्त गरेका थिए । यस अघि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले प्रतिनिधि सभामा कहिल्यै जितेका थिएनन् ।
२०७२ को महाभुकम्प लगायत कोरोना महामारी, बाढी पहिरो लगायत दैवीप्रकोप हरुमा उल्लेख्य भुमिका निर्वाह गर्नुभएका नेता बस्नेत सिन्धुपाल्चोकमा मात्रै नभएर देशै भरी चर्चित नेता मानिन्छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा घर भएका नेता बस्नेत क्षेत्र नम्बर १ बाट चुनाब लड्न खोजेको भएपनी गठवन्धनको भागबन्डा मिलाउँदा क्षेत्र नम्बर १ माओवादी केन्द्र र क्षेत्र नम्बर २ मा कांग्रेसको भाग परेको थियो ।

“पहिला जनता बचाउँ, राजनीति पछि गरौंला” भन्ने नाराका साथ कोरोना महामारीका बेला आफ्नो खुट्टा भाँचेको अवस्थामा पनि बैशाखी टेकेरै भएपनी जनतालाई विभिन्न स्वास्थ्य सामग्री लगायत राहत बाँड्नमा नेता बस्नेत तल्लीन देखिन्थे ।

मेलम्ची क्षेत्रमा बाढीपहिरो आउँदा तत्काल त्यहाँ पुगेर राहत उपलब्ध गराएका कारण र उक्त समयमा त्यस क्षेत्रमा सांसद रहेका उहाँका प्रतिद्वन्दी शेर बहादुर तमाङ त्यहाँ उपस्थित हुन नसकेको कारण पनि क्षेत्र नम्बर २ मा नेता बस्नेतलाई नै बढी प्राथमिकताका साथ जनताले मत खसालेको प्रारम्भिक अनुमान रहेको छ ।

सिन्धुपाल्चोक क्षेत्र नं १ मा सडक, शिक्षा, बत्ती, स्वास्थ्य, खानेपानी लगायत विभिन्न शिर्षकमा बजेट ल्याएर चर्चा कमाउन सफल नेता बस्नेत क्षेत्र नम्बर २ मा त्यो भन्दा बढी बिकास गर्छु भनेर लागेका छन् ।