दोलखामा गत वर्षको पुसदेखि हालसम्म १२ हजारभन्दा बढीले आँखाको परीक्षण गराएका छन् । सो अवधिमा सामुदायिक आँखा केन्द्र चरिकोट र दोलखा, ग्रामीण आँखा केन्द्र सिंगटी तथा ग्रामीण आँखा केन्द्र बैतेश्वरमा १२ हजार २ सय ६५ जनाले आँखाको परीक्षण गराएका हुन् ।
सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. विप्लव खड्काका अनुसार आँखा परीक्षणपछि एक हजार २ सय १८ जनालाई चस्मा र सात हजार ६ सय ६४ जनालाई औषधी वितरण गरिएको छ । आँखा केन्द्र दोलखामा सहुलियत मुल्यमा दुई सय ९ जनाको आँखाको शल्यक्रिया पनि सो अवधिमा गरिएको छ ।


सामुदायिक आँखा केन्द्र दोलखामा तीन हजार २ सय ७४ जनाले आँखा परीक्षण गरेकोमा चार सय ३४ जनालाई चस्मा र दुई हजार ४ सय ३० जनालाई औषधी वितरण गरिएको छ । सामुदायिक आँखा केन्द्र चरिकोटमा छ हजार १ सय ६६ जनाको आँखा परीक्षण भएकोमा दुई हजार ६८ जनाले चस्मा लगाएका र चार हजार २ सय ५३ जनाले औषधि लिएका सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. खड्काकाले बताउनु भयो ।
ग्रामीण आँखा केन्द्र सिंगटीमा तीन सय १५ जनाको आँखा परीक्षण भएकोमा दुई सय जनालाई चस्मा र दुई सय ७६ जनालाई औषधी वितरण गरिएको छ । बैतेश्वर आँखा केन्द्र मा आठ सय ९४ जनाको आँखा परीक्षण भएकामा तीन सय १० जनाले चस्मा र सात सय ५ जनाले औषधी प्रयोग गरेका सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. खड्काले बताउनु भयो । एक हजार ६ सय १६ जनाको आँखा शिविरमा परीक्षण गरिएको उहाँले बताउनु भयो । मोबाइल तथा कम्प्यूटरको अत्याधिक प्रयोगको कारण पछिल्ला बर्षहरुमा आँखाका बिरामी बढेका छन् । त्यस्तै बढ्दै गएको धुलोधुँवा र वायुप्रदूषणले आँखाको समस्या पनि बढ्दै गएको सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. खड्काले बताउनु भयो । पेट तथा टाउको दुखे तुरुन्तै अस्पताल जाने तर आँखाको समस्या आउँदा हेलचेक्यक्राइ गरेर बस्न नहुने उहाँले सुनाउनु भयो । आँखा सम्बन्धी समस्या पहिचान, उपचार तथा परामर्शको लागि जिल्लाको चार वटा आँखा केन्द्र सञ्चालनमा रहेको छ । ती केन्द्रहरुमा सहुलियत दरमा सेवा उपलब्ध हुने हुँदा सबैलाई सेवा लिनको लागि सामूदायिक आँखा केन्द्र दोलखाका डा. खड्काले आग्रह गर्नु भयो ।

यो पनि पढौं :

सिन्धुपाल्चोकको विपदमा म सधैं अगाडि: मोहन बस्नेत
लगातारको बर्षाले दशैं मनाउन पाएनन्, बाढीको भेलमा गाउँ डुब्यो (फोटोफिचर)
आजदेखी MDMS प्रणालीमा दर्ता नगरेका मोबाइल डिभाइस नचल्ने : दुरसंचार प्राधिकरण
आकाश जब रोईरहन्छ म तिमिलाई सम्झन्छु (गजल श्रृङ्गार)
फुटबल हेर्न भनी घरबाट निस्केका ३ बालिका बेपत्ता
पुर्व अरनिको यातायातको अध्यक्ष पदका लागि पुर्व अध्यक्ष केदार क्षेत्रीको उम्मेदवारी
सासुलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ
रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पुगेकै दिन हिजो आक्रमण गर्दा २२ जनाको मृत्यु
गठबन्धन भएपनि एकले अर्कालाई सहमतिमा छोड्न नसकिने क्षेत्र हो सिन्धुपाल्चोक-१
ग्वार्को बि एण्ड बी अगाडी ट्याक्सी माथी बस पल्टिँदा ३ जना घाइते
सर्वसाधारणको मोबाइलमा अश्लील म्यासेज पठाई चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने २१५ बढी पक्राउ
पानीको लागि बोरिङ खन्दा जोरपाटीमा निस्कियो लेदो सहितको ग्यास (भिडियो)
एआईजी पोखरेलद्वारा पदबाट राजिनामा
सिसिटिभिको फुटेज नराख्ने अर्थमन्त्रीमाथि प्रधानमन्त्रीले एक्सन लिनुपर्छ : गगन थापा