२ पुस, काठमाडौं । कतारमा आयोजना भैरहेको विश्वकप २०२२ को आज कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा क्रोएसियाले विश्वकपमा पुनः एकपल्ट उच्चस्तरकाे प्रदर्शन गर्दै तेस्रो स्थान जितेको छ । ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको खेलमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गरेको हो ।

ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो । सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा एलिट देशका रुपमा आफूलाई स्थापित गरेको छ ।

प्लेअफ खेलको सुरुवात शानदार र विष्फोटक रह्यो । सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अगत्रता बनाएको थियो । तर, अचरफ दारीले दुई मिनेटभित्रै क्लोज रेन्जबाट गोल गरी खेल बराबरीमा ल्याए ।

मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि शानदार गोल गरी क्रोएसियालाई पुनः अग्रता दिलाए । मूलतः उनको प्रहार क्रसका लागि थियो । तर, डिफ्लेक्ट भएपछि बलले पोष्टको दिशा लियो, जसलाई मोरक्कोका प्रोफोलिक गोलकिपर यासिन बोनोले पनि अनुमान गर्न सकेनन् ।

पहिलो हाफको तुलनामा खेलको दोस्रो हाफ उर्जाशील थिएन । मोरक्कोले खेलमा बराबरीका लागि केहि राम्रा अवसरको उपयोग गर्न सकेन । जारी विश्वकपमा आश्चर्यजनक सफलता पाएको मोरक्कोले लगातार दुई हारसँगै आफ्नो विश्वकप अभियान अन्त्य गरेको छ ।

कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ । जहाँ साविक विजेता फ्रान्स र लियोनल मेस्सीको टिम अर्जेन्टिना आमनेसामने हुनेछन् । यो खेल दोहाको लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
वुद्धिचाल अर्थात् चेस खेलका नियम
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु