पौष १० गते काठमाडौ । नेकपा एमालेसहित प्रतिनिधिसभाका १७० सांसदको समर्थन प्राप्त गरेका प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नेकपा एमालेसहित प्रतिनिधिसभाका १७० सांसदको समर्थन प्राप्त गरेका प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, जनमुक्तिका ४ सांसदले समर्थन गरेका छन् । यस्तै स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रचण्डलाई समर्थन गरेका छन् ।

प्रचण्डको यो तेस्रो कार्यकाल हो । 

२०६५ साल साउनमा प्रचण्ड पहिलो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए । प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणमा राष्ट्रपतिले सरकारको निर्णय उल्ट्याइदिएपछि प्रचण्डले राजीनामा गरेका थिए । 

त्यसपछि २०७३ साल साउन १७ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । दोस्रो कार्यकालमा प्रचण्डले स्थानीय तहको निर्वाचन गराएका थिए । 

२०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका प्रचण्ड पछि चितवन बसाइँ सरेका थिए ।

२०६४ सालमा काठमाडौं, २०७० सालमा सिरहा, २०७४ सालमा चितवनबाट निर्वाचित प्रचण्डले यसपटक गोरखा– २ बाट चुनाव जितेका थिए ।

यो पनि पढौं :

आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जाँदै सात दल
प्रतिनिधिसभा चुनाबका नव निर्वाचित सांसदहरु आज पशुपति समशेर राणाद्वारा सपथ लिईंदै
'बिकिनी किलर' र 'सिरियल किलर' भनेर चिनिने चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश
अर्जेन्टिनी मेस्सीले गोल्डेन बल पाउँदा फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट पाए