सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु



पौष २१ गते सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ लप्सेस्थित एक कृषि फर्ममा आगालागी हुँदा तीन वर्षीय बालक निर्जल कार्कीको जलेर मृत्यु भएको हो ।

बलेफी-४ का वडाध्यक्ष सुर्के तामाङ(जागरण) को लप्से युवा पशुपंक्षी फर्ममा बिहान ९ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । मृतक बालक उक्त फर्ममा काम गर्ने २५ वर्षीया निर्जला कार्कीका छोरा हुन् ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगालागीबाट उक्त फर्म जल्दा ६ लाख १४ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शिबकुमार बुढाथोकीले जानकारी दिए ।
दर्जनौं बाख्रा र बंगुर पाल्दै आएको फर्मको दाना स्टोर हाउसमा भएको आगलागिमा अन्दाजी ७ लाख बराबर को क्षति भएको बताएका छन् । प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । आगलागी कसरी भयो भन्ने बारे अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन् ।
