२९ पुस, काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप खेपेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी थुनामुक्त हुन लागेका हुन् ।बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार छुट्न सकेनन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई शुक्रबार (आज) मात्र थुनामुक्त गरिने अनलाइनखबरलाई बताए ।

‘उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो, त्यसैले काठमाडौं अदालतबाट पत्र प्राप्त हुनुपर्छ’, बाँस्कोटाले भने, ‘काठमाडौंबाट पत्र आएपछि उहाँलाई थुनामुक्त गर्ने निर्णय गरेका छौं ।’

नाबालिकालाई बलात्कारको आरोप खेपेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनी केन्द्रीय कारागारमा छन् । जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन प्रहरीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

यो पनि पढौं :

आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल 'प्रचण्ड' नियुक्त
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जाँदै सात दल
प्रतिनिधिसभा चुनाबका नव निर्वाचित सांसदहरु आज पशुपति समशेर राणाद्वारा सपथ लिईंदै
'बिकिनी किलर' र 'सिरियल किलर' भनेर चिनिने चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश
अर्जेन्टिनी मेस्सीले गोल्डेन बल पाउँदा फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट पाए