काठमाडौं । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड बराबरको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिकको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह छ दशमलव तीन प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव छ प्रतिशतले वृद्धि भई पाँच खर्ब ३० अर्ब छ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

यो पनि पढौं :

आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल 'प्रचण्ड' नियुक्त
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जाँदै सात दल
प्रतिनिधिसभा चुनाबका नव निर्वाचित सांसदहरु आज पशुपति समशेर राणाद्वारा सपथ लिईंदै
'बिकिनी किलर' र 'सिरियल किलर' भनेर चिनिने चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश
अर्जेन्टिनी मेस्सीले गोल्डेन बल पाउँदा फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट पाए