पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान



१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमान पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।
अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।
पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छन् ।

अहिलेसम्म कति व्यक्ति हताहति भए र के कारणले विमान दुर्घटना भएको हो सो को जानकारी आउन बाँकी नै छ । घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।
