पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा



माघ १ गते काठमाडौ । नेपाल सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाका मृतकप्रति शोक व्यक्त गर्दै भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि एक दिन शोकपूर्ण घटनाको सन्दर्भमा शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
बैठकले विमान दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ । बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो । बैठकले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै दिवंगतहरूमा श्रद्धाञ्जली र परिवारजनमा समवेदना पनि अर्पण गरेको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान ११ बजे सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। जहाँ चालक दलका ४ सहित ७२ जना सवार थिए।
