माघ १६ गते पोखरा । पोखरामा आइतबार बिहान आगो लागेर घाइते भएकी महिलाको  मृत्यु भएको छ। उनको आइतबार राति ११:२० मा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो । 

आइतबार बिहान पोखरा १३ काँहुखोलाकी संगीता सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । उनै घरवेटी सापकोटाको उपचारका क्रममा राति मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।  

क्षेत्रीले आत्मदाह गर्न शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि बचाउने क्रममा घरभेटी सापकोटालाई पनि आगो लागेको समाचार बाहिरिए पनि के कसरी क्षेत्री र संगीतालाई आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेकाले पछि मात्र यथार्थ थाहा हुने प्रहरीले बताएको छ ।  

आगो लागेर सापकोटाको शरीरको ८० प्रतिशत भाग जलेको  थियो । क्षेत्रीको भने २५ प्रतिशत शरीर जलेको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ । 

दुबैजनालाई स्थानीयले उद्धार गरेर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्‍याएका थिए ।  घट्नाको अनुसन्धान भइरहेकोले अहिले नै यसरी नै घट्ना घट्यो भन्न नसकिने र छिट्टै नै सत्यतथ्य बाहिर आउने गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।  

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह