फागुन १४ गते पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाहलाई अभियोग दाबी नपुग्ने फैसला गरेको छ।

कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले पल शाह भन्ने पूर्ण विक्रम शाहलाई सफाइ दिएको हो। 

उच्च अदालत पोखराका वैतनिक वकील विष्णुप्रसाद लम्सालका अनुसार शाहले सम्पूर्ण अभियोगबाट सफाइ पाएका छन्। अदालतले सफाइ दिएपछि अब उनी छुट्नेछन्। 

यसअघि शाहलाई बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको थियो ।

त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको थियो । उनीविरुद्ध त्यहाँ पनि बलात्कारकै मुद्दा दर्ता भएको थियो। तर, बलात्कारको मुद्दामा भने उनले सफाइ पाएका थिए। उक्त अदालतको फैसला अनुसार शाह कारागारमा छन्।

त्यसै गरी शाहलाई लागेको बलात्कार अभियोगको मुद्दामा तनहुँ जिल्ला अदालतले भने सफाइ दिइसकेको छ।

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह