४ असार, काठमाडौं । केभिन डे ब्रुएनाले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि बेल्जियमले युरोकपमा डेनमार्कविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

समूह बी मा लगातार दोस्रो जितपछि बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गरेको छ । यसअघि नै इटली अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

डेनमार्कको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा डे ब्रुएनाले दोस्रो हाफमा एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरे । डे ब्रुएना दोस्रो हाफमा ड्राई मर्टेन्सको स्थानमा मैदान प्रवेश गरेपछि बेल्जियमले लय लिएको थियो ।

त्यसअघि खेलको दोस्रो मिनेटमै युसुफ पाउलसेनले गोल गर्दै घरेलु टोली डेनमार्कलाई अग्रता दिलाएका थिए । पिएरे एमिल होजवर्गको पासमा पाउलसेनले गोल गरेका थिए ।

पहिलो हाफमा डेनमार्कले अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा बेल्जियमले पुनरागमन गर्दै गोल फर्कायो ।

५४औं मिनेटमा थोर्गन हाजार्डले केभिन डे ब्रुएनाको पासमा बेल्जियमको लागि बराबरी गोल फर्काए । चोटका कारण पहिलो खेल गुमाएका डे ब्रुएना डेनमार्कविरुद्ध दोस्रो हाफको सुरुमै मैदान प्रवेश गरेका थिए ।

६०औं मिनेटमा कप्तान एडेन हाजार्ड र एक्सल विटमल मैदान प्रवेश गरेपछि बेल्जियमल झन् बलियो बन्यो । हाजार्ड, रोमेलु लुकाकु र डे ब्रुएनाको सहकार्यमा दोस्रो गोल भयो । ७१औं मिनेटमा एडेन हाजार्डको पासमा डे ब्रुएनाले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए।

८७ मार्टिन ब्रेथवेइटको हेडर क्रस बारमा लागेर बाहिरिँदा डेनमार्कले बराबरी गर्ने अवसर गुमाएको थियो । डेनमार्का यानसेनले ९०औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको पोष्टभन्दा केही माथिबाट बाहिरियो ।

लगातार दोस्रो जितपछि बेल्जियमले समूह बी मा २ खेलबाट ६ अंक जोडेको छ । बेल्जियमले पहिलो खेलमा रुसलाई ३-० ले पराजित गरेको थियो । डेनमार्क भने लगातार दोस्रो हारपछि अंकविहीन हुँदै पुछारमा छ ।

अब डेनमार्कले रुससँग अन्तिम खेल खेल्न बाँकी छ । रुस र फिनल्याण्डको २ खेलबाट समान ३ अंक छ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
वुद्धिचाल अर्थात् चेस खेलका नियम
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु